अमेरिकाद्वारा नेपाललाई १२५ थान सिम्याप सहयोग | Khabarhub Khabarhub

अमेरिकाद्वारा नेपाललाई १२५ थान सिम्याप सहयोग


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका सरकारले कोभिड–१९ का बिरामीलाई श्वासप्रश्वासमा सहयोग गर्ने ‘सिम्याप’ उपकरण १ सय २५ थान सहयोग गरेको छ ।

स्वास्थ्य सेवा विभागमा सोमबार आयोजित कार्यक्रम अमेरिकन राजदूतावासका प्रतिनिधिले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सेवा विभागका आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढकालले सामग्री ग्रहण गरे ।

‘सिप्याप’ ले कोभिड-१९ संक्रमितलाई श्‍वासप्रश्‍वासमा समस्या भए श्‍वास लिनका लागि सहयोग गर्ने ढकालले जानकारी दिए । विशेष गरी भेन्टिलेटर अभाव भएका ठाउँमा यसको प्रयोग गरिने हुने उनले बताए ।

यसअघि पनि अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गरेको थियो । भर्खरै मात्र पनि कोभ्याक्स खोप कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकलाई खोप दिने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ५ : ३५ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र