लमाय–लुंखु सडक कालोपत्रे शुरु | Khabarhub Khabarhub

लमाय–लुंखु सडक कालोपत्रे शुरु


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत–कोभिड–१९ को सङ्क्रमणकै बीच दक्षिण पर्वतका चार पालिकालाई जोड्ने पर्वतको मुडिकुवा–कुर्घा–लुंखु सडकखण्डअन्तर्गत लमायदेखि लुंखुसम्मको खण्डमा कालोपत्रेको काम शुरु भएको छ ।

उक्त सडकखण्डको लमायखोलादेखि चिर्दीखोलाको सडक पिचको काम अहिले धमाधम भइरहेको छ । सडक पिचका लागि लकडाउन अगाडि नै कालोपत्रेको सामग्रीको व्यवस्था गरिएकाले लकडाउनका बेला पनि धमाधम काम भैरहेको इञ्जीनियर अनुज काफ्लेले जानकारी दिए ।

आरसीआइपीअन्तर्गत निर्माण भएको सडकमा पर्वतमै पहिलोपटक अक्सफाल्ट प्रविधिबाट कालोपत्रे गरिएको छ । तीन इन्च कालोपत्रे बिछ्याएर चार दशमलव पाँच मिटर चौडा पिच गरिएको काफ्लेले जानकारी दिए ।

यही जेठ २७ गतेसम्म लमायदेखि चिर्दीसम्म ३.५ किलोमिटर कालोपत्रे सकिने र मौसमले साथ दिए असार मसान्तसम्म लमायदेखि कुर्घासम्म करिब ८ किलोमिटर कालोपत्रे गरिसक्ने इञ्जीनियर काफ्लेले बताए ।

गुणस्तरीय र दिगो सडक पिचमा जोड दिइएको उनको भनाइ छ । एशियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा उक्त सडक कालोपत्रेको काम भइरहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) का इञ्जीनियर प्रेमहरी पराजुलीले बताए । पर्वतको अर्मादी–बनौ सडक र मुडिकुवा–कुर्घा–लुंखु सडकका लागि रु ६१ करोड बजेट रहेको छ ।

दुवै सडकको ठेक्का टुन्ड्री कन्ट्रक्सन सानेपा ललितपुरले लिएर काम गरिरहेको छ । उक्त सडकखण्ड २०७५ सालमा पिच गर्ने सम्झौता भएर यही साउनमा सम्झौता मिति सकिँदै छ । कोरोनाका कारण काममा अवरोध भएकाले छ महिना म्याद थपेर उक्त सडक कालोपत्रेको काम सकिने पराजुलीले बताए ।

फलेवासको मुडिकुवादेखि लमायसम्म ७ किलोमिटर सडक यसअघिनै पिच भइसकेको छ । यसैबीच उक्त सडकखण्ड पिचको कार्य भइरहेकाले यही जेठ २७ गतेसम्म वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ ।

लुंखुबाट फलेवास, कुश्माका लागि लिमिठाना हुँदै सवारी सञ्चालन गर्न र मोटरसाइकल भने कुर्घा र फलेवास ढिक जोड्ने पुलबाट तार्न सकिने बताइएको छ । यो सडक कालोपत्रे सम्पन्न भएपछि दक्षिण पर्वतका फलेवास, महाशिला, विहादी र पैंयु गाउँपालिकाका नागरिकहरूलाई सदरमुकाम कुश्माबजार आउजाउ गर्न सहज हुनेछ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १२ : ३० बजे

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति