माधुरीको हातमा आमिरले थुकेपछि... | Khabarhub Khabarhub

माधुरीको हातमा आमिरले थुकेपछि…


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेत्री माधुरी दीक्षित र अभिनेता आमिर खानले दुई फिल्ममा सँगै काम गरेका छन् । सन् १९९० मा उनीहरुकाे फिल्म ‘दिल’ रिलिज भएको थियो ।

यो फिल्मको सुटिङमा आमिरले माधुरीमाथि प्रेंक गर्दा त्यो प्रेंक उनका लागि यति महंगो साबित भयो कि आमिरले भागेर ज्यान बचाउनु परेको थियो । आमिरले यो कुराको खुलासा फरहान अख्तरको च्याट शो ‘ओए ! इट्स फ्राइडे’मा गरेका थिए ।

‘मैले सबैसँग हात हेरे भविष्य बताउछु भनिरहेको थिएँ । त्यही बेला माधुरीको हात हेर्दै उनको हातमा थुकेको थिएँ’, उनले भनेका छन्, ‘तपाईंको हात हेरिरहँदा ‘तपाईं निकै भावुक हुनुहुन्छ । मानिसहरु तपाईंलाई बेवकूफ बनाउछन् । तपाईं विश्वास गर्नुहुन्छ । जसरी म तपाईंलाई बेवकूफ बनाइरहेको छु’ भनेर उनको हातमा थुकीदिएँ । त्यसपछि माधुरी यति रिसाईन् कि उनले मलाई हकी स्टिक लिएर खेदाइन् ।’

माधुरीले पनि त्यो बेला आमिरलाई कुट्नकै लागि आफू दौडिएको खुलाएकी छन् । माधुरीले आमिरका साथ ‘दिवाना मुझसा नहीं’ मा पनि काम गरेका थिए । यी दुई फिल्म पछि उनीहरुले कुनै पनि फिल्ममा सहकार्य गरेनन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ११ : १५ बजे

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा