‘इकुपिताङ’ ल्याउदै इकु | Khabarhub Khabarhub

‘इकुपिताङ’ ल्याउदै इकु


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बालबालिकादेखि वृद्धवृद्धामाझ ‘इकु’का नामले परिचित कलाकार सुलेमान शंकरले टेलिभिजनमा हास्यश्रृंखला ‘इकुपिताङ’ ल्याउने भएका छन् ।

सुलेमानकै कथा र निर्देशन रहने श्रृंखलामा सुलेमानसँगै श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनीष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर तथा बाल कलाकार कुसल लोहनी, दीपक थापामगर र सुमन मगरको अभिनय रहेको छ ।

श्रृंखलामा योगेश उपाध्यायको संगीत र विनय कार्कीको गीत छ । केही समय अघि ‘इकु’ निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलको श्रृंखला ‘हल्का रमाइलो’को केही भागमा देखिएका थिए ।

ग्लोबल टिभी एचडी र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्लोबल टिभी एचडीबाट असारको दोस्रो सातादेखि प्रसारण हुनेछ ।

श्रृंखलामा राजु पौडेल र मदन महर्जनको छायांकन र रविन बजगाईको सम्पादन छ । निर्माण पक्षले श्रृंखलाको ट्रेलर सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : ५० बजे

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल