अमरीश पुरीको यस्तो रिस | Khabarhub Khabarhub

अमरीश पुरीको यस्तो रिस


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा भिलेनको कुरा गर्दा सदा सम्झिरहने नाम हो, अमरीश पुरी । यी अभिनेता भिलेनमा जति लोकप्रिय थिए, भिलेनबाहेक अन्य चरित्रमा पनि उत्तिकै यादगार थिए ।

यिनै अमरीशको बारेमा एक किस्सा दैनिक भास्करले प्रकाशन गरेको छ । उनको किस्साको बारेमा अमरीशका नाति वर्धन पुरीले बताएका छन् ।

उनका अनुसार एक फिल्मको सुटिङको समयमा एक अभिनेता आफूले बोल्ने संवादलाई सही किसिमले सम्झन सकेका थिएनन् । अमरीशको त्यो दिन केवल १५ मिनेटको मात्र सिन थियो । उनी सिन दिनका लागि पूर्ण रुपमा तयार थिए ।

तर ती सह–अभिनेताले आफ्नो सिन पुरा गर्न सकिरहेका थिएनन् । त्यो समयमा अमरीशले करिब चार घण्टासम्म आफ्नो पालो पर्खिए । चार घण्टामा पनि सह–अभिनेताले संवाद बोल्न नसकेपछि उनी निकै रिसाए । उनले असिसटेन्टलाई यो कुरा भने पनि असिसटेन्ट पनि उत्तरविहिन थिए ।

त्यसपछि उनी रिसाएर सुटिङ सेट छोडेर निस्किए । सेटमा रहेका सतीशले अमरीशलाई सबै कुरा सम्झाएर उनको रिस शान्त पारे । रिस शान्त भएपछि अमरीश सेटमा आएर आफ्नो भागको काम पुरा गरे ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : १५ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण