कोरोनाको नयाँ हटस्पट बन्दै दमक | Khabarhub Khabarhub

कोरोनाको नयाँ हटस्पट बन्दै दमक


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पछिल्लो समय संक्रमण तिब्र बनेको झापाको दमक कोरोनाको नयाँ ‘हट स्पट’ बनेको छ । पछिल्ला दिनमा हुने यहाँको संक्रमणले अन्य स्थानीय तहलाई उछिन्दै लगेको छ ।

बिहीबार मात्र झापामा २ सय १ जना नयाँ संक्रमित पहिचान हुँदा दमकका मात्र ६४ जना थपिएका छन् । झापाका १५ स्थानीय तह मध्ये यो सबैभन्दा बढि हो । दमक सरह जनघनत्व रहेका मेचीनगर, विर्तामोड जस्ता शहरमा दमकको तुलानामा एक तिहाई मात्र संक्रमित थपिएका छन् भने दमकसँगै जोडिएको कमल गाउँपालिकामा पनि संक्रमण तिब्र बनेको छ ।

दमकमा ६४ जना थपिँदा कमलमा २२ जना थपिएका छन् । कमलकै समान विर्तामोड र मेचीनगर नगरपालिकामा पनि २२ जना संक्रमित थपिएका हुन् । तर जनघनत्वको तुलानामा अरु नगरपालिकामा भन्दा कमल गाउँपालिकामा संक्रमण देखा पर्ने क्रम बढि रहेको पाईएको छ ।

सुत्केरीसहित दुईको मृत्यु
दमकमा २४ घण्टा भित्रमा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति दमकको एक अस्पतालमा उपचारका क्रममा गौरादह ४ की एक महिलाको मृत्यु भएको हो । उनलाई राति १० बजेपछि अस्पताल ल्याउने वित्तिकै एक्सरेको माध्यमबाट छातीको अवस्था जाँच गर्दा अवस्था गम्भिर देखिएको अस्पतालले जनाएको छ ।

त्यसको १२ घण्टा नबित्दै शुक्रबार बिहान दमक ३ की एक जना कोरोना संक्रमित सुत्केरीको विराटनगरमा मृत्यु भएको हो । आठ दिनकी सुत्केरी ति ३३ बर्षिया महिलाको शुक्रबार बिहान कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी प्राप्त भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यससंगै दमकमा दोस्रो चरणको कोरोना संक्रमित मृतकको संख्या ६ पुगेको छ । यस अघि बिहीबार दमक २ का ५३ बर्षीय एक पुरुषको संक्रमणका कारण मृत्यु भएको थियो ।

फैलँदो संक्रमण
कोरोनाको दोश्रो लहर फैलिएसँगै दमक लगायत झापाका अधिकांश भागमा कोरोना फैलिएको छ । एक लाखको हाराहारीमा जनसंख्या रहेको दमक भने नयाँ हटस्पटको रुपमा देखा परेको हो । यहाँ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित केही कर्मचारी र जनप्रतिनिधी पनि संक्रमित भई सकेका छन् । कन्ट्याक ट्रेसिङमा परेका केही जनप्रतिनिधी र कर्मचारीहरु भने आईसोलेसनमा रहेका छन् ।

सुनसान बजार–सडक
जिल्लामा महामारी नियन्त्रणका लागि दोस्रो चरणको निषेधाज्ञा लगाईएका कारण बजार पसलहरु भने ठप्प छन् । बिहान १० बजे सम्म किनमेलका लागि प्रशासनले समय दिएको भए पनि संक्रमण तिव्र बने पछि सो समयमा पनि चहल पहल कम देखिन थालेको छ ।

निधेषाज्ञाको शुरुवाती दिनमा कार्यान्वयनमा केही अटेरीपना देखिए पनि संक्रमण तिब्रबन्दै जाँदा सडक सुनसान देखिन थालेको छ । उल्लङ्घन गर्नेको संख्या घटेसँगै निषेधाज्ञा कार्यान्वयन गराउन सडकमा देखिने सुरक्षाकर्मीको संख्या पनि पातलो देखिन थालेको छ ।

संक्रमण तिब्र बनेको दमकका नगरपालिकाले भने निशुल्क पिसीआर परीक्षण समेत गर्दै आएको छ भने नगरलेने कोभिड उपचार केन्द्र समेत सञ्चालनमा ल्याएको छ । दमक अस्पताल अन्तर्गत रहने गरि सञ्चालनमा ल्याईएको अस्थाई कोभिड अस्पतालमा चिकित्सक, अक्सिजन लगायतको सुविधा रहेको छ । तर भेन्टिलेटर चाहिने जटिल अवस्थाका संक्रमितहरुलाई भने विर्तामोड, धरान तथा बिराटनगरमा ठुला अस्पतालमा लानु पर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  २ : ४७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र