म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश | Khabarhub Khabarhub

म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८-५ को जित निकाल्दै युनाईटेड फाइनल पुगेको हो ।

इटालियन क्लब रोमाको मैदानमा पराजित भएपनि युनाईटेडले पहिलो लेगमा निकालेको ६-२ को जितको कारण फाइनल यात्रा तय गरेको हो । दोस्रो लेगमा रोमालाई जित दिलाउन इडेन डेज्को र ब्रायन क्रिस्टान्टेले एक-एक गोल गरे ।

युनाईटेडका एडिन्सन काभानीले दुई गोल फर्काए पनि एलेक्स टेलासले एक आत्मघाती गोल गरेका थिए । अब युनाईटेडले फाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ ।

भिल्ला रियलले आर्सनललाई समग्रमा २-१ ले हराएर फाइनलमा स्थान पक्का गरेको छ । फाइनल खेल मे २६ मा हुनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ४६ बजे

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।