श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मीको शानदार जित | Khabarhub Khabarhub

श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मीको शानदार जित


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी कप छनोटअन्तर्गत त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिसलाई ५-१ गोल अन्तरले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा आर्मीले पाहुना टोली श्रीलंका पुलिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा २–१ गोलले अगाडि रहेको आर्मीले दोस्रो हाफमा थप तीन गोल गरेको हो।

खेलको ५० औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको श्रीलंकाका किपर दिनेश महेन्द्रनले क्लियर गर्न नसकेको बललाई टंक बहादुर लिम्बुले गोल गरेका थिए । यस्तै, खेलको ८३ औँ मिनेटमा सुदिल राई र दोस्रो हाफको इन्जुरी टाइममा नवयुगले पाँचौ गोल गरेका थिए।

जितसँगै आर्मी एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : ५६ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै