'बलात्कारीलाई फाँसी दे’ भन्दै माइतीघरमा विद्यार्थीले गरे प्रदर्शन | Khabarhub Khabarhub

‘बलात्कारीलाई फाँसी दे’ भन्दै माइतीघरमा विद्यार्थीले गरे प्रदर्शन


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुगुको सोरु गाउँपालिका–९ की ९ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अपराधीलाई फाँसीको सजाय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

बुधबार काठमाडौंको माइतीघरमा सहभागी विद्यार्थीहरुले लक्ष्मी चौलागाईको हत्यामा संलग्न अपराधीलाई फासीको सजाय माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘संविधानमा टाँसी दे, अपराधीलाई फाँसी दे’, ‘वी वान्ट जस्टिस’, ‘मुगु हत्या छानविन गर’ भन्दै चर्को नाराबाजी गरेका थिन् ।

त्यस्तै, प्रदर्शनमा सहभागीहरुले ‘बलात्कारीलाई फाँसी दे’, ‘परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय दे’, लगायतका प्लेकार्ड बोकेका थिए ।

यही चैत २१ गते सोरु गाउँपालिका–९ कैलालीकी ९ वर्षीया लक्ष्मी चौलागाईंको हत्या भएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : १६ बजे

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न