कोरोनाको जोखिम : ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न आग्रह | Khabarhub Khabarhub

कोरोनाको जोखिम : ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न आग्रह


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना भाइरसको बढ्दो संक्रमण तथा बेलायत भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको हो ।

पछिल्लो समय नेपालमा पुनः कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले विभन्न १० बुँदे निर्णय गर्दै उक्त निर्णयहरु पालना गर्न/गराउन अनुरोध गरेको छ ।

जसअनुसार ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएको खण्डमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बढ्दो दरलाई मध्यनजर गर्दै मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो ।

घरबाहिर र सार्वजनिक स्थामा जाँदा मास्कको प्रयोगलाई अनिवार्य गराउने र माक्स प्रयोग नगर्नेलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी कडाइका साथ लागु गर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी सूचना

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ७ : १५ बजे

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा