अभिनेत्री कटरीनालाई कोरोना संक्रमण | Khabarhub Khabarhub

अभिनेत्री कटरीनालाई कोरोना संक्रमण


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री कटरीना कैफलाई कोरोना संक्रमण भएको छ । पछिल्लो दिनमा महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला यो संक्रमणले बलिउडका कलाकारलाई पनि छोडेको छैन ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार अक्षय कुमार, विक्की कौशल र भूमि पेडनेकरपछि कटरीना कोरोना संक्रमणको चपेटामा परेकी हुन् ।

कटरीनाले मंगलबार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन् । ‘मेरो कोभिड–१९ टेस्ट पोजेटिभ आएको छ । आफूलाई आइसोलेट गरेकी छु र घरमै क्वारेन्टाइनमा छु । डाक्टरको सल्लाह अनुसार प्रोटोकल पालना गरिरहेकी छु । मेरो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफ्नो टेस्ट गराउन अनुरोध गर्दछु ।’ उनले लेखेकी छन् ।

अक्षय र कटरीना रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’मा सँगै देखिँदैछन् । कोभिडका कारण अक्षय अस्पताल भर्ना भएपछि फिल्मको रिलिज मिति सारिएको छ । फिल्म अप्रिल ३० मा थिएटरमा आउने तयारीमा थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १ : ०७ बजे

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार