सर्वोच्चको फैसला स्वीकार गर्ने ओली पक्षीय संसदीय दलको निर्णय | Khabarhub Khabarhub

सर्वोच्चको फैसला स्वीकार गर्ने ओली पक्षीय संसदीय दलको निर्णय


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साविक नेकपा ओली पक्षले सर्वोच्च अदालतले आइतबार गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकले सर्वोच्चको फैसला स्वीकार गर्दै अघि बढ्ने निर्णय गरेको सांसद खिमलाल भट्टराईले जानकारी दिए ।

बैठकमा ओलीले सर्वोच्चको फैसलापछि राजनीति २०७५ जेठ ३ अघि फर्किएको बताएका थिए । ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले विश्वासको मत लिने र सरकारलाई अघि बढाउने पनि बताएको नेता भट्टराईले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाको भूमिकाप्रति असन्तुष्टि पनि जनाएका थिए । सभामुखले प्रचलित परम्पराअनुसार संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको, प्रधानमन्त्रीसँग समेत कुनै परामर्श नगरेको तथा संसद बैठकमा बोल्न दिने क्रममा समेत सरकारको विरुद्धमा बोल्न समय दिएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भट्टराईले बताए ।

यस्तै ओलीले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएका थिए । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वमै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : २० बजे

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।