शेयर बजार २१ अंकले घट्यो, सबैभन्दा बढी कारोबार निफ्राको  | Khabarhub Khabarhub

शेयर बजार २१ अंकले घट्यो, सबैभन्दा बढी कारोबार निफ्राको 


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन शेयर बजार नेप्से २१.५८ अंकले घटेको छ । ०.८६ प्रतिशतले घटेर नेप्से २४८५.०९ बिन्दुमा पुगेको हो ।

होटल तथा पर्यटन समूह र जलविद्युत समूहबाहेक सबै समूहका परिसूचक घटेका छन् । होटल समूहमा २.२४ प्रतिशतले वृद्धि भएको छ । जलविद्युत समूहमा ०.९२ प्रतिशतले बढेको थियो ।

सबैभन्दा ठूलो गिरावट ट्रेडिङ समूहमा देखिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ प्रतिशतका दरले घटेको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.५२ प्रतिशतले घटेर सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँमा झरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य ५ प्रतिशतले घटेर प्रतिकित्ता १० हजार ४५० रुपैयाँमा पुगेको छ ।

चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलपर, रैराङ हाइड्रोपावरको सेयर मूल्यमा उच्च दरमा वृद्धि भएको छ । पाँच अर्ब रुपैयाँ कारोबार रकम पुगेको छ । ५३ हजार ९ सय ७० पटकको कारोबारमा १ करोड १७ लाख ७८ हजार ८ सय २० कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी निफ्राको कारोबार भएको छ । यसको ४२ करोड ७८ लाख रुपैयाँ बराबर कारोबार भएको छ । त्यसपछि नेपाल बैंक र अप्पर तामाकोशीको सेयर किनबेच भएको छ । यो सँगै सेयर बजारको पुँजीकरण ३४ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : ३८ बजे

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका