संसद सचिवालयमा दर्ता भएन ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र | Khabarhub Khabarhub

संसद सचिवालयमा दर्ता भएन ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र दर्ता गर्न संघीय संसद सचिवालयले अस्वीकार गरेको छ ।

नेकपाको दाहाल नेपाल समुहको संसदीय दलले गरेका निर्णयबारे अध्यक्ष माधवकुमार नेपाल र प्रचण्डसमेतका नेताहरुले ओलीलाई दलको नेताबाट हटाएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयमा दर्ता गर्न महासचिव भरतराज गौतमलाई बुझाए पनि दर्ता गर्न अस्वीकार गरेको हो ।

कानूनअनुसार छलफल गरेर मात्रै निर्णय गर्ने भन्दै महासचिव गौतमले पत्र दर्ता नगरेको सांसद विरोध खतिवडाले जानकारी दिए ।

उनले भने,‘केपी ओलीलाई दलको नेताबाट हटाएको जानकारीसहितको पत्र दर्ताका लागि हामी सचिवालयमै छौं । तर महासचिव आवश्यक कानूनी परामर्शपछि मात्रै जवाफ दिने भन्नुभएको छ ।’

सांसद खतिवडाका अनुसार ओलीलाई दलको तेताबाट कारबाही गरेको जानकारीसहतको पत्रल लिएर सिंहदरबारस्थित महासचिव डाक्टर भरतराज गौतमको कार्यकक्षमा दाहाल नेपाल समुहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार सहितका नेताहरु पुगेका छन् ।

टोलीमा वरिष्ठ नेता झलनाथ खनाल, मुख्य सचेतक देव गुरुङ लगाएतका नेताहरु समेत सहभागी भएको सांसद खतिवडाले बताए । प्रचण्ड नेपाल समुहको नेकपा संसदीय दलले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय समेत गरेको थियो ।

यसअघि नेकपाको दाहाल नेपाल समुहको संसदीय दलले दलको नेतामा प्रचण्डलाई बनाउने निर्णय गरेको थियो । त्यसबाहेक प्रधानमन्त्रीले नियुक्त गरेका मुख्य सचेतक विशाल भट्टराईलाई समेत नचिन्ने जानकारी गराएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : ५० बजे

म्यान्मामा विस्थापितहरूको सङ्ख्या ३० लाख  पुग्याे : राष्ट्रसङ्घ

याङ्गुन–  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले

सरकारले अब महाकाण्डको पुनरावृत्ति गर्न सक्छ, जनता सचेत हुने बेला आयो : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी

दाँत दुखेपछि वीर अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो

मन्त्री शर्माको आग्रह- प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा

सुरुङ छिचोल्न प्रधानमन्त्री लगिएको सुनकोशी-मरिन आयोजना कस्तो ?

काठमाडौं – प्रधानमन्त्री पुष्पमकल दाहालले सिन्धुलीको सुनकोशी गाउँपालिकामा पुगी राष्ट्रिय