नेकपा दाहाल–नेपाल समूहले महासचिवलाई जानकारी गराए संसदीय दलको निर्णय | Khabarhub Khabarhub

नेकपा दाहाल–नेपाल समूहले महासचिवलाई जानकारी गराए संसदीय दलको निर्णय


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको दाहाल नेपाल समुहको संसदीय दलले गरेका निर्णयबारे नेताहरुले संघीय संसदका महासचिवलाइ जानकारी गराएका छन् ।

आज सिंहदरबारस्थित महासचिव डाक्टर भरतराज  गौतमको कार्यकक्षमा पुगेर दाहाल नेपाल समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुले जानकारी गराएका हुन् ।

स‌ंसदीय दलको निर्णय जानकारी गराउन बरिष्ठ नेता झलनाथ खनाल, मुख्य सचेतक देव गुरुङ लगायत स‌ंसदका महासचिवलाई भेट्न पुगेका थिए ।

यसअघि नेकपाको दाहाल नेपाल समुहको संसदीय दलले दलको नेतामा प्रचण्डलाई बनाउने निर्णय गरेको थियो ।

त्यसबाहेक प्रधानमन्त्रीले नियुक्त गरेका मुख्य सचेतक विशाल भट्टराईलाई समेत नचिन्ने जानकारी गराएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : २१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र