मलेसियामा तीन नेपाली युवा बेपत्ता | Khabarhub Khabarhub

मलेसियामा तीन नेपाली युवा बेपत्ता


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि मलेसिया गएका तीन नेपाली युवाहरु बेपत्ता भएका छन् । तीन नेपालीका परिवारले उनीहरु बेपत्ता भएको भन्दै खोजी गरिदिन मलेसियास्थित जनउद्धार केन्द्रलाई अनुरोध गरेका छन् ।

स्याङ्जाका गम बहादुर गुरुङ्ग रोजगारीको सिलसिलामा विगत १० बर्ष अगाडि मलेसिया गएको र त्यसपछि उनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएकोले खोजी गरिदिन गुरुङका परिवारले केन्द्रलाई अनुरोध गरेका हुन् ।

यसैगरी, सिन्धुली घर भएका ध्रुव फुयाल पनि विगत ११ वर्ष अघि त्यहाँ पुगेको र अहिले उनी परिवार तथा आफन्तको सम्पर्कमा नरहेकाले खोजी गरिदिन आफूहरुलाई परिवारले अनुरोध गरेको केन्द्रले जनाएको छ ।

यसैगरी ओखलढुंगाका इन्द्र बहादुर गुरुङ विगत ७ पर्षदेखि परिवार र आफन्तसँग सम्पर्कमा नभएको भन्दै त्यहाँस्थित नेपाली दूतावास जनउद्धार केन्द्र, विभिन्न संघ संस्था लगायत मिडियाहरुलाई भाइ खोजी गरिदिन उनका दाजु मान गुरुङले अनुरोध गरेका छन् ।

उनी २०१४ देखिनै सम्पर्कमा नरहेको, उनले चलाउने फेसबुक पत्ता लागेको भएपनि मान्छेको अवस्था अहिलेसम्म पनि पत्तो नलागेको उनले बताए ।

उनले चलाउने गरेको फेसबुकमा एउटी अपरिचित महिलासँग खिचेको फोटो पनि प्राप्त भएको उनले बताए । बेपत्ता नेपालीलाई कसैले देखेमा खबर गर्न जनउद्धार केन्द्र मलेसियाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ५९ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट