अहिलेको लडाइँ संविधान र लोकतन्त्रको रक्षाका लागि हो : अध्यक्ष नेपाल (भिडियोसहित) | Khabarhub Khabarhub

अहिलेको लडाइँ संविधान र लोकतन्त्रको रक्षाका लागि हो : अध्यक्ष नेपाल (भिडियोसहित)


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अहिलेको लडाइँ न्याय , संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताएका छन ।

आइतबार असंवैधानिक संसद बिघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिका विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले अहिलेको लडाइँ कुर्सिको लागि नभएर न्याय, संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताएका हुन ।

उनले अहिले केपी ओली मार्क्सवाद छाडेर अवसरवादतिर लागेको आरोप लगाए ।

ओलीले मदन भन्डारीको नाम बेचेर स्वार्थ लिइरहको समेत उनको तर्क थियो । ओलीले आफू र प्रचण्डलाई सत्तामा जाने भर्‍याङमात्र बनाएको उनले बताए ।

पार्टीभित्र अल्पमतमा परेपछि आफ्नो पद जोगाउनका लागि ओलीले संसद विघटन गरेको बताए । ओलीको कदमलाई जनताले पनि साथ नदिने भन्दै त्यसको ज्वलन्त उदाहरण दरवारमार्ग आमसभा रहेको प्रष्ट्याए ।

प्रतिगमनकारी कदमविरुद्ध अहिले आफूहरू आन्दोलनमा रहेको भन्दै उनले यसलाई परास्त गरेरै छाड्ने जिकिर गरे ।

अध्यक्ष नेपालले संसद विघटनको विषयमा संविधान अनुसार न्यायोचित फैसला गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपाका नेता घनश्याम भुसालले लोकतन्त्र स्थापित गर्नको लागि सबैभन्दा धेरै योगदान आफूहरुको नै रहेको बताए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ४९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर