ओली निकट युवा संघले दीपशिखालाई संयोजकबाट हटायो | Khabarhub Khabarhub

ओली निकट युवा संघले दीपशिखालाई संयोजकबाट हटायो


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई निष्कासन गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आइतबारबाट शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकले दीपशिखालाई संयोजकबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

सह-संयोजक रमेश पौडेलले संयोजक सापकोटालाई निष्कासन प्रस्ताव बैठकमा राखेका थिए। बैठकले कम्युनिष्ट आन्दोलन र समृद्ध नेपाल, सुखी नेपाली अभियानविरुद्ध गतिविधि गरेको भन्दै दीपशिखालाई संयोजकबाट निष्काशन गर्ने निर्णय गरेको हो।

युवा संघ इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकले सापकोटालाई निष्कासन गरेपछि रमेश पौडेलको अध्यक्षतामा बैठक शुरु भएको हो । आइतबारबाट सुरु बैठकले नयाँ नेतृत्व चयन गर्ने छ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : १२ बजे

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्