सत्तापक्षको विरोधले प्रदेश १ प्रदेशसभा बैठक स्थगित | Khabarhub Khabarhub

सत्तापक्षको विरोधले प्रदेश १ प्रदेशसभा बैठक स्थगित


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सत्तापक्षको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक एक साताका लागि स्थगीत गरिएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश हुने निश्चित भएपछि सत्तापक्षले अवरोध गर्दा बैठक स्थगित भएको हो ।

आइतबार अपरान्ह बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ भएको घोषणा गर्न नपाउँदै मुख्यमन्त्री शेरधन राई पक्षधरले उठेर बैठक विरोध जनाएका थिए ।

मुख्यमन्त्री राईले संसदीय दलको नेताको हैसियतमा निलम्वन गरिएका १६ जनाको विषय टुंगो नलागेसम्म सदन चल्न नसक्ने सत्तापक्ष सांसदहको भनाइ छ ।

उनीहरुले बैठकको कामकारवाही अघि नबढाउन सभामुख समक्ष आग्रह गरेका थिए । सभामुख भण्डारीले पटक-पटक बस्न आग्रह गर्दा पनि सांसदहरु नमानेपछि बैठक एक साताका लाग स्थगित गरेका हुन ।

बैठकमा मुख्यमन्त्री राईविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची थियो । अर्को बैठक फागुन ९ गतेका लागि तोकिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ५ : ३७ बजे

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई