असहाय जेष्ठ नागरिकहरुको प्रेरणा बनिन् नैनकली | Khabarhub Khabarhub

असहाय जेष्ठ नागरिकहरुको प्रेरणा बनिन् नैनकली



पोखरा– म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीकी ८५ वर्षीया महिला नैनकली भण्डारी गाउँपालिकाकै उदाहरणीय महिला बनेकी छन् । गएको चैतमा कोरोना भाइरस संक्रमणले विश्व आक्रान्त भइरहेका बेला म्याग्दीमा पनि कोरोनाले प्रभाव पार्‍यो ।

कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको म्याग्दीमा २ सय ३८ जना संक्रमित भए । तीमध्ये एक दर्जनबढी अझै पनि सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

कोरोना संक्रमणबाट गुज्रिएको म्याग्दीको रघुगंगा गाउपालिकाले कोरोना संक्रमितहरुको उपचार गर्न कोरोना कोष खडा गरेको थियो ।

कोरोना संक्रमितहरुको उपचारका लागि भन्दै ८५ वर्षीय वृद्धा भण्डारीले आफूले राज्यबाट पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता कोरोना कोषमा जम्मा गर्ने निधो गरिन् ।

भण्डारीले साउनदेखि कात्तिक महिनासम्मको १२ हजार रुपैयाँ गाउँपालिकाको कोरोना कोषमा जम्मा गरिदिइन् । कात्तिक यताको रकम पनि उनले सामाजिक सेवामै लगाउने प्रण गरिन् ।

आफूले पाउने सेवाबाट समाजलाई थोरै भएपनि योगदान गर्न सकिने भएपछि नैनकलीले कात्तिक यता सामाजिक सेवा भत्ता नलिने घोषणा गरेकी छन् । आफूले पाउने भत्ता गाउँपालिकाकै असहाय नागरिकलाई प्रदान गर्न उनले आग्रह गरिन् ।

आर्थिक रुपमा सक्षम र आफै जिविकोपार्जन गर्न सक्ने नागरिकले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता असहाय र जिविकोपार्जन गर्न नसक्ने नागरिकलाई सहयोग गर्न पनि उनले अपिल गरिन् ।

आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता राज्यलाई नै फिर्ता गरेर जीविकोपार्जन गर्न नसक्ने अन्य असहाय नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले भत्ता नलिने आमाले स्वेच्छिक निर्णय गरेको उनका छोरा केबी भण्डारीले बताए ।

आमाको यस्तो निर्णयबाट उनका गाउँपालिका अध्यक्ष रहेका उनका अर्का छोरा भबबहादुर भण्डारी मात्र खुशी छैनन्, ८५ वर्षीया वृद्धा भण्डारीको यो निर्णयले सक्षम परिवारका अरु जेष्ठ नागरिकलाई पनि प्रेरणा मिलेको छ ।

आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेकी नैनकलीलाई शुक्रबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । भत्ता नलिने घोषणा गरेकी भण्डारीलाई गाउँपालिकाले उत्कृष्ट नागरिकका रुपमा सम्मान गरेको प्रमुख प्रशासकीय सुवेदीले बताए ।

गाउँपालिकाले सामाजिक सुरक्षा नियमावली २०७६ नियम १४ मा सामाजिक सेवा गर्नेलाई उत्कृष्ट नागरिकको रुपमा सम्मान गर्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  २ : ४५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल