ला लिगामा रियलको पुनरागमन जित | Khabarhub Khabarhub

ला लिगामा रियलको पुनरागमन जित


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा साविक विजेता रियलले हुयस्काविरुद्ध २-१ गोलको पुनरागमन जित निकालेको हो ।

हुयस्काको मैदानमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै रियलले जित निकालेको हो ।

रियलको जितमा राफायल भरानले दुई गोल गरे । हुयस्काका जाभी गलनले एक गोल गरे ।

खेलको ४८औँ मिनेटमा जाभीको गोलबाट घरेलु टोलीले अग्रता बनाएको खेलमा भरान चम्किएपछि रियलले उत्कृष्ट पुनरागमन गर्‍यो ।

५५औँ मिनेटमा भरानले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए । ८४औँ मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसंगै रियल ४३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित हुयस्का १६ अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : ५५ बजे

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका