सिड्नीविरुद्ध सन्दीपको किफायती बलिङ | Khabarhub Khabarhub

सिड्नीविरुद्ध सन्दीपको किफायती बलिङ


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिग बास लिग (बीबीएल) अन्तर्गत  नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली होबर्ट हुरिक्यान्सलाई सिड्नी थन्डरले १ सय ६८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनायो । सिड्नीका लागि उस्मान ख्वाजाले ४९ रन बनाए ।

सिड्नीका एलेक्स रोसले अविजित ४४ रन जोड्दा बेन कटिङ ३१ रनमा अविजित रहे । यस्तै एलेक्स हालेसले २१ रन बनाउदा अर्जुन नैरले १५ रन बनाए ।

होबार्टका डीअर्सी सर्टले ३ विकेट लिए ।

नेपाली ग्लोबल स्टार लामिछानेले किफायति बलिङ गरेका छन् । उनले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएर १ विकेट लिएका हुन् ।

उनले सिड्नीका कप्तान कलुम फर्गुसनलाई पवेलियन फर्काएका हुन् । सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिएका हुन् ।

यस अघिका दुई खेलमा उनले ३ विकेट लिएका थिए । योसँगै सन्दीपको यो सिजनमा बीबीएmमा विकेट संख्या ४ पुगेको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ५ : ३६ बजे

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६