सगरमाथा बेस क्याम्पमा पुरा हुनेछ ‘उचाइ’को छायांकन | Khabarhub Khabarhub

सगरमाथा बेस क्याम्पमा पुरा हुनेछ ‘उचाइ’को छायांकन


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पारिवारिक फिल्म बनाउन पोख्त बलिउड निर्माता सुरज बडजात्या यतिबेला चार साथीको कथा समेटिएको फिल्म ‘उचाइ’को नेपालमा छायांकन गरिरहेका छन् । सर्वाधिक उचाइमा रहेको हिमालय पर्वत श्रृंखलाको ट्रेकिङमा निस्किएका चार साथीहरु बोमन इरानी अनुपम खेर, अमिताभ बच्चन र डेनी डेन्जोङ्पाको आत्मियतालाई फिल्मले देखाउने छ ।

१३ हजार फिटको उचाइमा खिचिने फिल्ममा अभिनेत्री परिणीति चोपडा टुरिस्ट गाइडको भुमिकामा देखिँदैछिन् । फिल्मको लागि बोमन, परिणीति र अनुपम नेपाल आइसकेपनि अमिताभ र डेनी भने केही समयपछि आउनेछन् ।

फिल्मको नेपालतर्फका लाइन प्रोड्युसर सुरज आचार्यले दैनिक भास्करसँगको कुराकानीमा फिल्मको सुटिङबारे विस्तृत जानकारी दिएका छन् । ‘फिल्मको सुटिङ चार अक्टोबरबाट सुरु भएको छ । यसको पहिलो सुटिङ तालिका काठमाडौंको छ । यहाँ दुई दिन छायांकन गर्छौ । मंगलबार फिल्मको एक प्रमुख सिक्वेन्स काठमाडौं एयरपोर्टमा गरेका छौं । हामी तीन दिनका लागि लुक्ला जाँदैछौं’, सुरजले भनेका छन् ।

सुरजले फिल्ममा चार साथीहरुको ‘एडभेञ्चर ट्रिप’ देखाउनका लागि विश्वकै सबैभन्दा खतरनाक एयरपोर्टका रुपमा परिचित लुक्लालाई छनोट गरिएको खुलाए । ‘यहाँ अक्टोबर ६ देखि ९ सम्म परिणीति चोपडा, बोमन इरानी, अनुपम खेर, सारिका र नीना गुप्ताको दृश्य खिचिनेछ’, सुरजले अगाडि भनेका छन् ।

लुक्ला पछि फिल्मको टिम नाम्चे पुग्नेछ । जसको उचाइ ४ हजार मिटर अर्थात १३ हजार फिटको छ । यहाँ अक्टोबर १८ सम्म सुटिङ हुनेछ । सुरजका अनुसार नाम्चेपछि टोली मनाङ पुग्नेछ ।

फिल्म निर्माताले समुन्द्र सतहदेखि आठ हजार मिटर अर्थात् २६ हजार फिटको उचाइमा सुटिङ गर्ने उद्देश्य राखेका छन् । जसमा अन्नपूर्णका अलावा सगरमाथा बेस क्याम्प पनि पर्छ । चार साथीहरु सगरमाथाको आधार शिविर पुगेपछि फिल्मको दृश्य पुरा हुनेछ ।

यो फिल्मका लागि १ सय ५० जनाको टोली मुम्बईबाट चार्टड विमानमा काठमाडौं आएका छन् । फिल्ममा नेपालबाट प्राविधिक, गाइड, टुरिस्ट गाइड र कलाकार गरी ३ सय ५० जना जोडिएका छन् । जम्मा पाँच सयजना आबद्ध फिल्मका लागि राजश्री प्रोडक्सनले एक महिना अवधिमा अधिकतम आठ करोड रुपैंयाँसम्म खर्च गर्दैछ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  २ : ५७ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको