आगामी तीन दिन देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना | Khabarhub Khabarhub

आगामी तीन दिन देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा जारी छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो ।

विभागकाअनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि (बिहीबार) देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

पर्सी (शुक्रवार) पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उक्त स्थानहरूका पहाडी भू-भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : २७ बजे

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

काठमाडौं– अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र