संखुवासभा काठमाडौँ जर्नालिस्ट एसोसिएशनको नेतृत्वमा फेरि खनाल | Khabarhub Khabarhub

संखुवासभा काठमाडौँ जर्नालिस्ट एसोसिएशनको नेतृत्वमा फेरि खनाल


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संखुवासभा काठमाडौँ जर्नालिस्ट एसोसिएशन (एसकाज)को दशौं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको अध्यक्षमा शंकर खनाल पुन: सर्वसम्मत भएका छन् । उनले यसअघि पनि अध्यक्षको कार्यकाल पूरा गरिसकेका छन् ।

समितिको उपाध्यक्षमा उद्धव भट्टराई, महासचिवमा दिपेश श्रेष्ठ, सचिवमा द्वारिका काफ्ले र कोषाध्यक्षमा सुनिता पोख्रेल रहेका छन् ।

१५ सदस्यीय कार्यसमितिका सबै पदाधिकारी र सदस्य सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक दिपेन्द्र वान्तवाले जानकारी दिए । निवर्तमान अध्यक्ष हेमन्त गौतमले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको कामना गरे ।

साधारणसभाले कोषाध्यक्ष र महासचिवद्वारा प्रस्तुत गत दुई आर्थिक वर्षको आर्थिक तथा प्रगति प्रतिवेदनलाई समेत पारित गरेको छ । २०६८ सालमा स्थापित एसकाज संखुवासभाबाट काठमाडौँ आई पत्रकारिता गरिरहेका पत्रकारहरू आवद्ध संस्था हो ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : ५१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर