सुदूरपश्चिम प्रदेशमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु  | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु 


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २६ दिन यता कोरोना सङ्क्रमितको मृत्यु दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा आज दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड अस्पतालमा उपचाररत डोटीको शिखर नगरपालिकाका–३का ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिकाका–१ का ३३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

अस्पतालको भेन्टिलेटरमा दुई, आइसियू (सघन उपचार कक्ष)मा पाँच, अक्सिजनको सहयोगमा छ जना र अन्य १६ सङ्क्रमित उपचाररत छन् । सो अस्पतालमा पछिल्लो २४ घण्टामा १२१ को नमूना परीक्षण गरिएकोमा २४ जनामा सङ्क्रमण देखिएको छ । अस्पतालमा आज छ जना नयाँ बिरामी भर्ना भएका छन् ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा प्रदेशभरिका जिल्लामा नमूना परीक्षण भएका ८९३ मध्ये ७३ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको छ ।

गएको जेठ महिनासम्म उच्च रहेको कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर असार महिना शुरु भएसँगै घटेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : ४५ बजे

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्