पाकिस्तानको हिन्दू मन्दिरमा भएको तोडफोडप्रति सनातन धर्म महासंघद्वारा आपत्ति | Khabarhub Khabarhub

पाकिस्तानको हिन्दू मन्दिरमा भएको तोडफोडप्रति सनातन धर्म महासंघद्वारा आपत्ति


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको पञ्जाब प्रान्तस्थित भोङ बजारमा रहेको गणेश मन्दिरमा बिहीबार भएको तोडफोड प्रति सनातन धर्म महासंघ नेपालले भर्त्सना गरेको छ ।

कुनै पनि धर्मावलम्बीले शान्तिपूर्ण तरिकाले आफ्नो धर्म संस्कृतिको अवलम्बन गर्न पाउने अन्तरराष्ट्रिय मान्यताको सम्मान गर्न पाकिस्तान सरकारलाई महासङ्घले आग्रह गरेको छ ।

गणेश मन्दिरमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न महासङ्घले जोडदार माग गरेको प्रवक्ता राजन अधिकारीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै पाकिस्तानमा भइरहेको जबरजस्ती धार्मिक आस्था परिवर्तनविरुद्ध कानून बनाई तत्काल लागू गर्न माग गरिएको उनले बताए ।

पाकिस्तानमा पटकपटक अल्पसङ्ख्यक समुदायमाथि आक्रमण भइरहेको हुँदा आउँदा दिनमा यस किसिमका घटना दोहोरिन नदिन, अल्पसङ्ख्यक समुदायलाई संरक्षण गर्न र आफ्नो धार्मिक आस्था प्रकट गर्न सकिने वातावरण बनाउन पाकिस्तान सरकारसँग महासङ्घले माग गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : १४ बजे

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् ।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको