एमबीबीएस प्रवेश परीक्षामा आशिक झा उत्कृष्ट | Khabarhub Khabarhub

एमबीबीएस प्रवेश परीक्षामा आशिक झा उत्कृष्ट


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

एमबीबीएसको प्रवेश परीक्षामा विश्वनिकेतन माध्यमिक विद्यालमा कक्षा ११ र १२ मा विज्ञान विषय लिएर पढेका आशिक झा उत्कृष्ट भएका हुन् । धनुषा स्थायी घर भएका झाले २ सय पूर्णांकमा १ सय ८६ अंक प्राप्त गरेका उत्कृष्ट बन्न सफल भएका हुन् ।

उत्कृष्ट अंक हासिल गरेसँगै झाले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएका छन् । प्रवेश परीक्षामा देशभरबाट सहभागी भएका ११ हजार प्रतिस्पर्धीलाई उछिन्दै सर्वोत्कृष्ट बनेका हुन् ।

आयोगले पहिलो पटक एमबीबीएसका लागि पहिलो पटक प्रवेश परीक्षा लिएको हो । प्रवेश परीक्षामा उत्कृष्ट भएका झालाई विश्वनिकेतन माविका प्रधानाध्यापक हेडम्बराज कडेलले झा अत्यन्तै मेहनती विद्यार्थी भएको बताए ।

प्रधानाध्यापक कडेलले झालाई बधाई तथा शुभकमना समेत दिएका छन ।

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  २ : ५९ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव