६ महिनाभित्र सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउँछौँ  : मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

६ महिनाभित्र सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउँछौँ  : मुख्यमन्त्री पोखरेल


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छ महिनाभित्र सबै प्रदेशवासीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।

तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको बताए ।

छ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै उक्त प्रतिवद्धता पूरा हुने मुख्यमन्त्री पोखरेलले दाबी गरे ।

प्रदेशका एक तिहाइ जनताले खोप पाइसकेको बताउँदै उनले भने, “मनाङ र मुस्ताङ पूर्णखोपयुक्त जिल्ला भइसकेका छन्, खोप अभाव हुँदैन । त्यसका लागि प्रदेश सरकारले प्रयत्न गरिरहेको छ ।”

मुख्यमन्त्री पोखरेलले विकास निर्माणका काम अर्काे वर्ष गरेपनि हुने भन्दै चालु वर्षको बजेटमा कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको बताए ।

“बाटो अर्को वर्ष बनाउँला, पुल पनि अर्को वर्ष निर्माण गरौंला, जनताको ज्यानभन्दा ठूलो कुरा अरु हुँदैन,” उनले भने, “पहिलो प्राथमिकता जनताको जीवनरक्षा गर्नु हो ।”

कोरोनाको तेस्रो लहरको खतरा बढेकाले त्यसको पूर्वतयारीमा सरकार लागिसकेको उनले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले गत असारमा आएको बाढीपहिराबाट क्षति भएको संरचना पुनःस्थापनाका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

तीनवटै तहका सरकारको समन्वयमा पुनःस्थापनाका काम गरिने उनको भनाइ थियो । गण्डकी प्रदेशको समृद्धिका लागि सबै राजनीतिक दल एक ठाउँ उभिनुपर्नेमा उनले जोड दिए ।

“प्रदेशको समृद्धि र विकासका लागि हामी एक छौँ, प्रदेशवासीको जीवनस्तर उकास्न सरकार लागिपरेको छ,” उनले भने ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, संविधानसभा सदस्य झुलबहादुर आले, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : ३० बजे

मिरुनालाई पाउन दयाहाङलाई ‘घर ज्वाइँ’को विकल्प

काठमाडौं- अनिल बुढा मगरले निर्देशन गरेको फिल्म ‘घर ज्वाइँ’को टिजर

स्वदेशी मह चखाउन कर्णालीदेखि काठमाडौंसम्म !

काठमाडौं – ‘आउनुहोस्‌ ! शुद्ध मह चाख्नुहोस र लैजानुहोस्‌, हाम्रो

अल्पमतमा जसपा नेतृत्वको मधेस सरकार, अब लोसपा र जनमतसहितको अर्को गठबन्धन

जनकपुरधाम– मधेस सरकारबाट प्रमुख घटकहरू नेकपा एमाले र नेकपा माओवादी

रवि लामिछानेलाई प्रधानमन्त्रीको जवाफ : जीबी राईबारे कुतर्क नगर्नू

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न सरकारी संस्थाका बचतकर्ताको करोडौं

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत

भद्रपुर– लामो समयपछि वर्षा भएसँगै झापाका किसान खुसी भएका छन्