हाईटेन्सन विस्तारमा स्थानीयको विरोध | Khabarhub Khabarhub

हाईटेन्सन विस्तारमा स्थानीयको विरोध


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल विद्युत प्राधिकरणमार्फत हाईटेन्सन लाईन विस्तार गर्न लागिएको भन्दै झापाको कमल गाउँपालिकाका स्थानीयले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् ।

झापाको कमल–५ देखि गौरादह सम्म काबेली करिडोर मार्फत विद्युत प्रशारण लाईन विस्तार गर्न लागिएको भन्दै उनीहरुले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका हुन् । हाईटेन्सन लाईन विस्तार गर्दा कतिपय स्थानीयको बसोबासनै उठ्न सक्ने भएकाले सो रोक्न आग्रह गर्दै जनप्रतिनिधीहरुको निवाशमानै पुगरे ध्यानाकर्षण गराईएको कमल ५ का दूर्गाप्रसाद चम्लागाईले बताए ।

कमल गाउँपालिकाले भने सो कार्यबारे गाउँपालिकाले मात्रै केहि गर्न नसक्ने जनाएको छ । गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले विद्युत लाईन विस्तरको योजनामा गाउँपालिकाले निर्णायक भुमिका खेल्न नसक्ने बताएका छन् । यस अघि स्थानीयले सो कार्य रोक्न गाउँपालिका समक्ष माग गर्दै ज्ञापन पत्र पनि बुझाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ३ : ०७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर