बाजुरामा निमोनियाका बिरामी बढे | Khabarhub Khabarhub

बाजुरामा निमोनियाका बिरामी बढे


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्ला अस्पताल बाजुरा निमोनियाका बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक १५ देखि ३० जनासम्म बालबालिका निमोनियाका बिरामी आउने गरेको अस्पतालका प्रमुख डा प्रकाश जोशीले बताए ।

निमोनिया जस्तो लक्षण देखापरेको बच्चाहरुको अक्सिजनको सहारामा उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका डा जोशीको भनाइ छ । हाल अस्पतालमा १३ बालबालिकाको उपचार भइरहेको छ । सबै बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोरोना सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।

केही दिनअगाडि कोरोना हो कि भन्ने शङ्कामा जिल्ला अस्पतालमा भर्ना भएका १३ बालबालिकाको स्वाब सङ्कलन गरी डोटी प्रयोगशालामा पठाउँदा एक जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

कतिपय बच्चा सामान्य रहेको भए पनि धेरै बच्चा भने जटिल अवस्थामा रहेकाले अक्सिजनको सहारा दिनुपरेको अस्पतालले जनाएको छ । जिल्लाका स्वास्थ्य संस्था तथा अस्पतालमा पनि निमोनियाका बिरामी उपचारमा आउने गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : २९ बजे

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको