रूसी विमान दुर्घटना, विमानमा सवार २९ यात्रुको अवस्था अज्ञात | Khabarhub Khabarhub

रूसी विमान दुर्घटना, विमानमा सवार २९ यात्रुको अवस्था अज्ञात


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको छ ।

विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ । प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, छ चालकदलका सदस्य र २२ जना यात्रु थिए ।

रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट रार्डरसँग सम्पर्क बिच्छेद् भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ ।

विमानबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ । (रासस/एएन्आई)

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ८ : ३१ बजे

कतार एयरवेजको विमानमा प्राविधिक समस्या देखिएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट कतार एयरवेजको ६५३ उडान नम्बरको

ओलीसँग वामदेवको आग्रह : आत्मआलोचना गर्न तयार छु, एमालेमा बोलाएर जिम्मेवारी दिनुस्

काठमाडौं- ‘नेकपा राष्ट्रिय एकता अभियान’का संयोजक वामदेव गौतमले आफू आत्मआलोचनासहित

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

अम्मान– जोर्डन सशस्त्र सेना-अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था

जसपा फुटको असर : लुम्बिनी सरकारमा फर्किए राजीनामा दिएका भण्डारीलाल

काठमाडौं – गत वैशाख ८ गते राजीनामा दिएर बाहिरिएका लुम्बिनी