ट्राफिक प्रहरीले चोरिएका ३३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो | Khabarhub Khabarhub

ट्राफिक प्रहरीले चोरिएका ३३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएर फेला पारेका ३३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

मंगलबार महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई फेला पारेका मोटसाइकल हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका ३३ मध्ये २३ वटा मोटरसाईकल र १० वटा स्कुटर रहेका छन् ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले निषेधाज्ञाकै समयमा समेत प्रहरी टोलीले विशेष सूचना संकलन गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरिएको बताए । उनले मोटरसाइकल चोरीमा संलग्नलाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलकहरू सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको बताए ।

पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरू बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेको महाशाखाले जनाएको छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानहरुबाट पक्राउ गरी कारबाहीको लागि प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : २५ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्