जसपा एकताको सम्भावना टर्‍यो, आयोगले आधिकारिकताको प्रक्रिया अगाडि बढाउने | Khabarhub Khabarhub

जसपा एकताको सम्भावना टर्‍यो, आयोगले आधिकारिकताको प्रक्रिया अगाडि बढाउने


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारितामा आ–आफ्नै दाबी नछाडेपछि एकताको सम्भावना टरेको छ ।

मंगलबार निर्वाचन आयोगले बोलाएको छलफलमा दुवै पक्षका नेताहरुले आधिकारिक पार्टी आफूहरु नै भएको भन्दै आ–आफ्नै दावी पेश गरेका हुन् । छलफलका क्रममा आयोगले पार्टी दुवै पक्षसँग एक हुन सक्ने वा नसक्ने बारे जानकारी लिएको थियो । तर दुवै पक्षले अहिलेको अवस्थामा आफूहरु मिलेर जान नसक्ने भन्दै नियमानुसार गर्न आग्रह गरेका थिए ।

छलफलका क्रममा दुबै पक्षले आफ्नो दाबी नछाडेपछि छलफल निष्कर्षबिहीन भएको थियो । छलफलपछि महन्थ पक्षका नेता अनिल झाले अध्यक्ष उपेन्द्र यादवले आफूहरू मिलेर जान नसक्ने बताएको जानकारी दिए । उनले आफूहरु नै आधिकारिक भएको जानकारी गराएको र अर्को पक्ष सहमतिमा आउन नचाहेको जिकिर गरे ।

त्यस्तै यादव पक्षका नेता महेन्द्र राय यादवले एकताको सम्भावना तत्काल नरहेको बताए । तत्काल मिल्ने सम्भावना नभएकोले आयोगलाई आफ्नो प्रक्रिया अगाडि बढाउन भनेको उनले जानकारी दिए । आत्मआलोचनासहित अर्को पक्ष आए सहमति हुने बताएको र अर्को पक्षले नमानेको उनको भनाइ छ ।

जसपाको विवाद नमिलेपछि आयोगले वैधानिकताबारे निणर्य गर्न इजलास गठन गर्ने जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ५ मा ‘विवादका पक्षहरू उपस्थित भई विवाद निरुपण गर्न सहमत भएमा आयोगले पक्षहरूबीच भएको सहमति बमोजिम विवाद निरुपण गर्ने’ उल्लेख छ ।

छलफलमा दुवै पक्ष सहमत नभएकोले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । इजलासले अदालतले झैं कानूनी प्रमाणका आधारमा निर्णय दिने उनले बताए ।

आयोगमा यादव पक्षले पार्टीको आधिकारिकताको दाबी गरेको थियो । असार ४ गते यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३, को दफा ४३ को (ग) अनुसार आधिकारिकता दाबी गरेका थिए । अर्का अध्यक्ष ठाकुरले असार १४ गते यादवको दाबी सही नभएको भन्दै लिखित जवाफ पेश गरेका थिए ।

विवादपछि आयोगले दुवै पक्षलाई छलफलमा बोलाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने र नगर्ने बिषयले जसपाभित्रको विवाद चुलिएको थियो । जसपाको यादव पक्षले बिपक्षी गठबन्धनलाई र ठाकुर पक्षले एमाले नेतृत्वको सरकारलाई समर्थन गरिरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ३ : ०१ बजे

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।