नासों गाउँपालिका – ५ का वडाध्यक्षको निधन | Khabarhub Khabarhub

नासों गाउँपालिका – ५ का वडाध्यक्षको निधन


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– नासों गाउँपालिका–५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ । ५० वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहेका उनको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ ।

आर्थिक वर्षको अन्त्य, योजना छनोट, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणका लागि असार पहिलो साता उनी काठमाडौँ गएर आइतबार मात्रै बेँसीशहर फर्किएका थिए ।

गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार सोमबार बिहान खाना पनि नखाई बेँसीशहरको होटेलमा बसेका उनी हृदयघातका कारण ढलेपछि उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

उपचारका लागि १० बजेर ५० मिनेटमा जिल्ला अस्पताल पुर्‍याइएकामा उपचारका क्रममा मध्याह्न १२ बजेतिर उनको निधन भएको अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : ४५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता