देश विकासको अभियानमा प्रधानमन्त्रीलाई सहयोग गर्न सरकारमा आएका हौँ : उर्जामन्त्री भण्डारी (भिडियोसहित) | Khabarhub Khabarhub

देश विकासको अभियानमा प्रधानमन्त्रीलाई सहयोग गर्न सरकारमा आएका हौँ : उर्जामन्त्री भण्डारी (भिडियोसहित)


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारीले मुलुकको आर्थिक क्रान्तिलाई अघि बढाउन गम्भीरतापूर्वक कार्यसम्पादन गर्ने बताएका छन् ।

आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड नै उर्जा र जलस्रोत क्षेत्र भएको भन्दै आफूले आर्थिक क्रान्तिलाई अघि बढाउन गम्भीरतापूर्वक कार्यसम्पादन गर्ने बताएका हुन् ।

उनले मन्त्रालयको कामलाई चुस्त र प्रभावकारी बनाउने र यसका लागि अन्य मन्त्रालयसँग समन्वय तथा सहकार्य गर्ने बताए । मन्त्री भण्डारीले मुलुकको विकासको अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्न आफूहरु सरकारमा आएको जिकिर गरे । उनले आफूहरुको माग मुद्धाहरु प्रधानमन्त्री ओलीले सम्बोधन गरेका कारण नै सहकार्य गरेको धारणा राखे ।

हेरौँ भिडियो

त्यस्तै कार्यभारपछि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले गम्भीरतापूर्वक कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । उनले ऐन नियम र कानूनको परिधिभित्र रहेर कार्यसम्पादनलाई अघि बढाउनुपर्नेमा जोड दिए । मन्त्रालयले अघि सार्ने योजनाहरुमाथि छलफल गरेर कार्यान्वयन गर्न दृढतापूर्वक लाग्न पनि उनले निर्देशन दिए ।

आइतबार नै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरीले पनि सिंहदरबारमा पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ६ : ५९ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव