गर्मीमा कसरी बच्ने ? | Khabarhub Khabarhub

गर्मीमा कसरी बच्ने ?


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पक्कै आजको गर्मी महशुस गर्नुभयो होला । चर्कदो घामसंगै बढेको गर्मीमा तातो हावा चल्न सुरु भएको छ । एकातर्फ घामको राप, अर्कोतिर तातो हावा । यस्तोमा तराईमा ‘लू’ को समस्या हुन सक्छ । यस्तोमा गर्मी र लूबाट बच्न सर्तकता अपनाउनु पर्दछ ।

के हो लू ?
अत्यधिक गर्मीका कारण शरीरबाट धेरै पसिना बग्दछ । जसका कारण शरीरमा नुन र पानीको कमी हुन्छ । यसले शरीरको रगतमा तापमान बृद्धि गर्छ । शरीरमा पानीको मात्रा कमी हुनु नै लू लाग्नु हो । समयमै उपचार नभए लुको कारण ज्यान समेत जान सक्छ ।

लक्षण
– शरीरमा पानी र नुनको मात्रा घट्दा रगतको तापमान बढ्न गई टाउको भारी हुनु
– नाडीको गति बढ्नु
– रगतको गति पनि तिब्र हुनु
– श्वासप्रश्वासको गति असामान्य हुँदै जानु
– हात, खुट्टा र तालुमा जलन बढ्नु
– आँखामा जलन बढ्नु
– अचानक बेहोस हुनु

बच्ने उपाय
– पटक पटक पानी पिउने
– खाली पेट नबस्ने
– प्याजको रस खाने
– बाहिर निस्कदा टाउको, कान र गर्दन ढाक्ने तौलिया ओड्ने
– मध्यान्हको चर्को गर्मीमा घर बाहिर ननिस्कने
– पच्ने खानेकुरा मात्र खाने
– नरम, मुलायम सूतीको कपडा लगाउने
– चिसो फल, खानेकुरा सेवन गर्ने

लू लागे के गर्ने ?
– लू लागेको थाहा हुनासाथ तत्काल अस्पताल जाने
– चिकित्सककोमा पुग्नु अघि केही घरमा पनि केही प्राथमिक उपचार गर्न सकिन्छ ।
क) बिरामीलाई खुला र चिसो हावामा आराम गराउने
ख) बिरामीको शरीरमा चिस्याउन चिसो पानी वा बर्फले बारम्बार पट्टी गर्ने
ग) बिरामीलाई तुरुन्तै प्याजको रसमा मह मिसाएर पिउन दिने
घ) बर्फ पानी पिउन नदिने बरु कागती पानी पिउन दिने
ङ) भिजाएको धनिया पिसेर छान्ने र उक्त घोलमा चिनि मिसाएर पिउने
च) खरबुजा, कांक्रा जस्ता पानीको मात्रा बढी भएको फलफूल, सब्जी सेवन गर्ने
छ) पानीमा ग्लोकोज मिसाएर पिउने वा कागतीको सर्बत पिउने
विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ३ : ४० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र