एकताको एक वर्षपछि जसपा संसदीय दलको नेतामा राउत चयन | Khabarhub Khabarhub

एकताको एक वर्षपछि जसपा संसदीय दलको नेतामा राउत चयन


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पार्टी एकता भएको एक वर्षपछि जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन् ।

केन्द्रमा पार्टी विभाजनको संघारमा पुगेका बेला तत्कालिन फोरमबाट मुख्यमन्त्री बनेका राउत बहुमत सांसदको हस्ताक्षरसहित आइतबार संसदीय दलको नेता चयन भएका हुन् ।

तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी पार्टी ०७७ बैशाख ८ गते एकता भएको थियो । केन्द्रमा महन्थ–राजेन्द्र महतो र उपेन्द्रको विवाद चलिरहेको बेला दलको नेता चयन र विधानसमेत पारित भएको छ।

जसपाका अर्का अध्यक्ष यादव जनकपुरधाम आएर आफू अनुकुल दलको नेता र विधान पारित गरेका छन् । दलको नेता र उपनेता चयन भएको विषयमा प्रदेशसभा सचिवालयलाई आज जसपाले जानकारी गराउने छ । विधानमा तत्कालिन राजपाका नेतालाई नियमन गर्ने गरी ल्याइएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पास गराउन राजपाका सांसदले सर्मथन नगर्ने हुन कि भन्ने आशंकाले यो प्रावधान राखिएको नेताहरूले बताएका छन् ।

बजेट पास गराउनसमेत मुख्यमन्त्री अल्पमतमा पर्ने हुँदा विधानमै सत्तारुढ दल समर्थन नगरे कडा कारवाही गर्ने व्यवस्था गरिएको छ । नीति तथा कार्यक्रम र बजेट पास गर्न पार्टीले ह्विप लगाउन विधान आवश्यक रहेको जनाउँदै विधान विपरित कार्य गर्नेलाई कारबाहीको प्रक्रिया अगाडी बढाउन सहज हुने भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले बताए ।

‘दलको विधान बनाउन ढिला भइसकेको थियो,’ उनले भने, ‘विधान आज बनेको छ । संसदीय दलको कामकार्वाही विधान अनुसार हुनेछ । विधान अनुसार काम नगर्ने नेतालाई कडा कारबाही गर्नेसमेत व्यवस्था छ ।’

राजपा र फोरम एक भएपनि अहिलेसम्म विधान बन्न सकेको थिएन । केही समय अगाडी विधान बनाउन नेता मनिष सुमनसहित तीन सदस्यीय समिति गठन भएको थियो । सुमनले अन्य दुई नेतालाई जानकारी नै नगराई मुख्यमन्त्री राउत समक्ष विधान पेश गरेका थिए । तर, मुख्यमन्त्री राउतले सो विधान रद्द गरी अगाडी बढाएका थिएनन् ।

पाटी विभाजनको संघारमा पुगिसकेको बेला प्रदेशमा संसदीय दलको नेता चयन र विधान फोरम निकटका नेताहरूले आँफु अनुकुल बनाएका छन् ।

समाजवादी र राजपा एकीकृत भएपनि दलको संयुक्त बैठक लामो समयदेखि हुन सकेको छैन । प्रदेश सभामा दुवै दलका नेता र प्रमुख सचेतक छुट्टाछुट्टै छन् । विधान तयार भए लगतै दलको बैठकबाट नेता चयनगरि प्रदेश सभालाई प्रमुख सचेतक, सचेतकबारे आज पत्राचार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

उच्चस्रोतका अनुसार संसदीय दलको विधानमा ४० जना सांसदको हस्ताक्षर छ । प्रदेशमा यादव समुहले आफ्नो पक्षमा झण्डै ४२ जना सांसद पुग्ने विश्वास गरेको छ । प्रदेशमा पूर्वसमाजवादीको ३०, राजपाको २५, एमालेको २१ , कांग्रेसको १९, माओवादी केन्द्रको ८ र १ जना स्वतन्त्र सांसद छन् ।

सरकार बनाउन चाहिने ५३ जना सांसद पूर्वराजपाका १३ जनाले साथ छाडे माओवादी केन्द्र र एमालेलाई साथ लिएर सरकार बनाउने तयारीमा यादव समुह छ । नेपाली कांग्रेसले मुख्यमन्त्रीको घुर्की देखाए एमाले र माओवादीकै समर्थनमा सरकार बनाउने जसपाको तयारी छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  २ : ३५ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्