राउटे युवतीलाई होटलमा मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक | Khabarhub Khabarhub

राउटे युवतीलाई होटलमा मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोपोन्मुख राउटे समुदायका युवतीलाइ होटलमा मदिरा खुवाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित एक होटल संञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल संञ्चालक बिनोद पुन रहेका छन् । दुई युवकले मादक पदार्थ सेवन गराई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो । डीएसपी घर्तीले भने, ‘राउटे युवतीहरूमाथि होटलको कोठामा दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि हामीले तत्कालै होटल सञ्चालक र दुर्व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ । अनुसन्धान पछि थप तथ्य बाहिर आउँछ ।’

होटल सञ्चालकसहित तीनजना युवाले राउटे समुदायकी दुईजना युवतीलाई लिएर आफू अर्धनग्न भएर भिडियो बनाएको देखिएको डीएसपी घर्तीले बताए ।

के छ भिडियोमा ?
आइतबार बिहानै सामाजिक सञ्जालमा राउटे युवतीहरूलाई एउटा कोठामा दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा युवक अर्धनग्न अवस्थामा देखिन्छन् । भिडियोमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेर बोलेको आवाज पनि सुनिन्छ ।

ती युवाहरूले भने जबर्जस्ती भिडियोमा युवतीलाई बोल्न लगाएको जस्तो देखिन्छ । यतिमात्रै होइन एकजना व्यक्तिले बलजफ्ती रुपमा चुम्बनसमेत गरेको भिडियोमा देख्न सकिन्छ । पहिचान नखुलेका अधवैशे युवाले निर्वस्त्र भएर होटलमा मादक पदार्थ सेवन गरेकै तालमा राउटे युवतीलाई श्रीमती भन्दै अस्वभाविक गतिविधि गरेको भिडियोमा देखिन्छ । उनीहरूलाई सामूहिक रुपमा दुई पुरुषले मेरो गलफेन्ड, मेरो बुढी भन्दै यौन दुर्व्यवहार गरिरहेका छन् ।

यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोती जनैघाटस्थित भेरी नदीमा बसाई सरेका छन् । अहिले राउटे समुदायमा पुगेका युवाहरूले टिकटक, भिडियो बनाउने भन्दै प्रलोभनमा पारेर राउटे युवतीहरू टाढा टाढा जंगल–होटलमा पु¥याएर दुर्व्यवहार गर्ने गरेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १ : ४२ बजे

सीप मेलाका प्रशिक्षार्थी भन्छन्- हाम्रा लागि ठूलो सहयोग भयो

काठमाडौं– माली तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, पैसा तिरेर तालिम

समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न : महासचिव पोखरेल

ताप्लेजुङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार

पार्टी फुटबारे प्रधानमन्त्रीसँग उपेन्द्र यादवको वार्ता, तत्काल सरकार नछाड्ने

काठमाडौं– अमेरिकाबाट मंगलबार बिहान फर्किएलगत्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष

विश्व बैंकमा नेपाललाई ८० मिलियन डलर ऋण दिने प्रस्ताव स्वीकृत

काठमाडौं – विश्व बैंकले डेभलपमेन्ट पोलिसी क्रेडिट (विकास नीति सहायता)

चितवनका केराले पाउन थाल्यो बजार

नारायणगढ– पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै