कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न निर्देशन | Khabarhub Khabarhub

कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न निर्देशन


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले दोस्रो चरणको कोरोना महामारीलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले दोस्रो चरणको कोरोना महामारी नेपालमा भित्रन नदिन र रोकथामका लागि योजनाबद्ध रुपमा प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले सहज रुपमा आम नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन् ।

त्यस्तै कोरोनाको दोश्रो चरणको महामारीलाई मध्यनजर गर्दै अहिलेदेखि नै आइसोलेसन र क्वारेन्टाइनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भीर बन्न पनि निर्देशन दिइएको सभापति घर्तिले बताइन् ।

त्यस्तै कोरोना संक्रमण भएका र कोरोना संक्रमण नभएका बिरामीलाई बोक्ने एम्बुलेन्स छुट्याएर प्रयोगमा ल्याउन पनि निर्देशन दिइएको उनले बताइन् ।

बैठकमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नागरिकलाई सहज रुपमा खोपको पहुचमा ल्याउनका लागि सरकारले अन्य देशसंग अनुमतिप्राप्त खोप भित्राइरहेको र यसलाई निरन्तरता दिने बताए ।

उनले कोरोनाको महामारीलाई रोक्न सिमा नाकामा स्वास्थ्य जाँचदेखि अन्य पूर्वाधारको कामका जोड दिएको धारणा राखे ।

त्यस्तै समिति सदस्यहरुले भने यसअघिको कोरोना महामारीबाट पाठ सिक्दै दोश्रो चरणको महामारी फैलनुअघि नै सबै तयारी सक्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : २१ बजे

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत