पाकिस्तानी प्रधानमन्त्री इमरान खान विश्वासको मत पुष्टि गर्न सफल | Khabarhub Khabarhub

पाकिस्तानी प्रधानमन्त्री इमरान खान विश्वासको मत पुष्टि गर्न सफल


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार यहाँ संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् ।

उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन् ।

सभासद्हरुका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८ मत ल्याई पाकिस्तानी प्रधानमन्त्रीका रूपमा आफूलाई ताजा जनादेश रहेको पुष्टि गरेका हुन् ।

राष्ट्रपतिले बोलाएको संसदको नयाँ अधिबेशनमा प्रधानमन्त्री रहिराख्न खानले आफूलाई प्रधानमन्त्रीमा साधारण बहुमत रहेको पुष्टि गर्नका लागि विदेशमन्त्री साह मोहम्मद कुरेसीद्वारा संसदको तल्लो सदन प्रस्तुत प्रस्ताव अनुमोदन भएसँगै उनलाई थप विश्वासका साथ काम गर्ने प्रोत्साहन मिलेको छ ।

तल्लो सदनमा सत्तारुढ पार्टीको बहुमतको बाबजुद पनि विपक्षी गठबन्धनका उम्मेदवारको नजिकको प्रतिस्पर्धामा उनका अर्थमन्त्री अब्दुल हफीज शेखलाई समर्थन गरेपछि पाकिस्तानी प्रधानमन्त्रीले विश्वासको मत पुष्टि गर्नुपर्ने अवस्था आएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : ४२ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ