तातोपानीमा निःशुल्क स्वास्थ्य शिविर | Khabarhub Khabarhub

तातोपानीमा निःशुल्क स्वास्थ्य शिविर


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानी स्वास्थ्य चौकीमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजनामा भएको उक्त शिविरमा मुटुरोग, स्त्रीरोग, हाडजोर्नी, आँखा, छाला, तथा सामान्य गरी कूल ८४६ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

परीक्षण गरिएका बिरामीमध्ये मुटु रोगका नौ र स्त्री रोगका तीनसहित १५ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाले उनीहरूलाई पालिका र त्रिवि शिक्षण अस्पतालले निःशुल्क उपचार गरिने अध्यक्ष पौडेलले बताए ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा ७५ स्वास्थ्यकर्मीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको तातोपानी स्वास्थ्य चौकीकी प्रमुख अनमी ज्ञानु थापाले बताइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : २७ बजे

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ सभामुख देवराज घिमिरेले

सप्तरीको चिम्टीमा भीषण आगलागी

राजविराज– सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ ।

कुवेतमा संखुवासभा समाज गठन

काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता