हिरासतमा रहेका नेताहरूलाई भेट्न नख्खु जेल पुगे विप्लव | Khabarhub Khabarhub

हिरासतमा रहेका नेताहरूलाई भेट्न नख्खु जेल पुगे विप्लव


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नख्खु कारागार पुगेर बन्दी रहेका नेताहरुलाई भेटेका छन् ।

विप्लवसहित खड्गबहादुर विश्वकर्मा लगायतका नेताहरुले हेमन्तप्रकाश ओलीलाई भेटेका हुन् ।

शनिवार बिहान ११ बजे विप्लव समूहका नेताहरु नख्खु कारागार पुगेका थिए । कारागार चलान भएका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली बम विस्फोट, राज्यविरुद्धको अपराध मुद्दामा कारागार चलान भएका थिए ।

यसअघि विप्लव समूहका बन्दीहरुलाई रिहा गर्ने सरकार र विप्लवबीच सहमति भएको थियो ।

विप्लव समूह र सरकारबीच शुक्रवार सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो । सहमतिसँगै विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : १० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल