प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए ।

सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ ।

सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ४ : १५ बजे

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५