‘डियर बन्न मन छ’मा ‘कृष्णलीला’ जोडी | Khabarhub Khabarhub

‘डियर बन्न मन छ’मा ‘कृष्णलीला’ जोडी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी चैत २७ मा प्रदर्शन हुने फिल्म ‘कृष्णलीला’ को दोश्रो गीत ‘डियर बन्न मन छ मलाई..’सार्वजनिक भएको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ र नवीन रेग्मी फिचर्ड छन् ।

नारायणप्रसाद बास्तोलाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन ।

दीपक ओली निर्देशित फिल्मको यसअघि ‘कुनै दिन यस्तो पनि’ बोलको प्रेमील गीत सार्वजनीक गरिएको थियो । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका विभिन्न रमणीय स्थानमा गरिएको छ ।

फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, श्री श्रेष्ठको द्वन्द्व छ ।

प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रवीन्द्र, नवीन र भावनाका साथमा हिउँवाला गौतम, आयुष गुरागाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ ।

आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको बितरक पनि आरआर फिल्मस् नै हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १२ : २० बजे

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल