नेकपा ओली समूहको संसदीय दलको बैठक आज | Khabarhub Khabarhub

नेकपा ओली समूहको संसदीय दलको बैठक आज


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ ।

अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा १७२ जना प्रतिनिधिसभा सदस्यमध्ये बहुसंख्यक उपस्थित हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

दाहाल-नेपाल समूहले आफ्नो बैठकमा १११ सांसद उपस्थित भएको दाबीमा सत्यता नरहेको भट्टराईले बताए ।

‘९० कुर्सी राखेको पनि नभरिएको देखियो १११ सांसदको दाबीमा सत्यता बहुसंख्यक हामीसँगै छन्, बहुसंख्यक सदस्यसहितको बैठकबाट हुने निर्णय नै आधिकारिक हो,’ भट्टराईले भने,’ हामी संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्छौ ।’

आइतबार डाकिएको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यहरूलाई निर्देशन दिने उनले बताए ।

दाहाल-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाए पनि त्यो प्रकियासम्मत नभएकाले मान्य नहुँने ओली पक्षीय नेताहरू बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : ५७ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ