बर्दीमा 'दम्भ' देखिनु हुन्न : आईजीपी क्षेत्री | Khabarhub Khabarhub

बर्दीमा ‘दम्भ’ देखिनु हुन्न : आईजीपी क्षेत्री


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले आफूलाई प्रहरी अधिकारीभन्दा पनि चिकित्सकको रुपमा बुझेर मानवीय सेवा गर्नुपर्ने बताएका छन्।

नेपाल प्रहरी अस्पताल र घुन्सा फाउण्डेसनको संयुक्त आयोजना तथा पठाओ नेपाल र विपन्नको लागि स्वास्थ्य नेपाल सहकारीको सहकार्यमा अस्पतालमा भएको रक्तदान समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरक्षिक थापाले युनिफर्मले कतिपय अवस्थामा दम्भ सिर्जना गर्ने तर चिकित्सक पेशाले निस्कामभाव माग्ने बताए ।

उनले युनिफर्म (बर्दी)को कारण चिकित्सा पेशामा दम्भ आउन नहुनेमा जोड दिए । उनले नागरिकको सेवा गरेबापत प्रहरीलाई आत्मसन्तुष्टि प्राप्त हुने उल्लेख गर्दै अस्पतालबाट प्रदान हुने सेवामा कमि आउन नदिन नेपाल प्रहरी अस्पतालमा कार्यरत चिकित्सकलाई निर्देशन दिए ।

कोभिड–१९ का कारणले रक्तदान नहुँदा धेरै अस्पतालमा रगतको अभाव भइरहेको अवस्थामा यहाँ रक्तदान भएको हो । सहभागीले युवा जमात सामाजिक कार्यमा सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिएका थिए ।

अस्पतालका मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले आपसी सहकार्यमा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरेकी थिइन् । कार्यक्रममा १०६ पुरुष र २४ महिला गरी कुल १३० जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : १८ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् ।

गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भयो : सभापति देउवा

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर सभापति देउवाले अहिलेको चुनौतीको सामना