धर्मेन्द्रको ज्वाइ हुनसक्थे रणवीर सिंह र आदित्य राय कपूर | Khabarhub Khabarhub

धर्मेन्द्रको ज्वाइ हुनसक्थे रणवीर सिंह र आदित्य राय कपूर


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका चर्चित अभिनेता रणवीर सिंह सानैबाट अभिनयको शौख राख्दथे । उनका चिनजानका मानिसले उनलाई भविष्यमा फूपाजु अनिल कपूर जस्तो अभिनेता बन्ने अनुमान गरेका थिए । तर जब रणवीर कलेज पढ्न गए त्यसबेला उनले अभिनयको विचार त्यागे ।

भारतको मुम्बईको एचआर कलेजमा पढ्दा ताका रणवीरको एक युवतीसँग प्रेम बस्यो । ती थिइन् बलिउडका हिम्यान अर्थात धर्मेन्द्र र अभिनेत्री हेमा मालिनीकी छोरी आहाना देओल ।

आहाना र रणवीरबीच चाडैं सामिप्यता बढ्यो । रणवीरलाई आहना साह्रै मन पर्दथ्यो । जसका कारण उनको ध्यान अध्ययनमा भन्दा पनि अभिनयतर्फ आर्कषित हुदै गयो । आहानाका अभिभावक अभिनय क्षेत्रका रहेकै कारण रणवीरले अभिनय गर्ने सोच बनाए ।

तर पछि आहाना र रणवीरबीच ब्रेकअप भयो । कारण थियो, आहाना सोही कलेजका अर्का एक युवासंग प्रेममा परिन् । ती युवा अरु कोही नभएर अहिलेका बलिउड अभिनेता आदित्य राय कपूर थिए । त्यस समय आदित्य टेलिभिजनमा प्रस्तोता बन्न प्रयासरत थिए ।

आहानासँग ब्रेकअप पश्चात रणवीर सिंह दुखी हुदै मुम्बई छाडे र इण्डियना यूनिवर्सिटी, अमेरिकामा आर्ट पढ्न थाले । अमेरिकाबाट फर्केपछि रणवीर केही वर्ष विज्ञापन एजेन्सीमा काम गरे । सोही समयमा उनले अभिनय स्कूलमा भर्ना लिए ।

आहाना र आदित्य राय कपूरबीच ४ बर्षसम्म अफेयर चल्यो । आदित्यको जागिर टेलिभिजनमा भएपछि दुबैबीच सम्बन्धमा दरार आयो । त्यसैले दुबैबीच ब्रेकअप भयो । आहानाले ब्यवसायी वैभव वोरासँग विवाह गर् ि।

यता रणवीर सिंहले पनि अभिनेत्री दिपिका पादुकोणसँग विवाह गरे । आदित्यको भने रिया चक्रवती, श्रद्धा कपूरसंगको अफेयर हल्लापछि अहिले मोडल दिभा धवनसँग डेटमा छन् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : २८ बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी