प्रवासमा बस्नेहरुको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

प्रवासमा बस्नेहरुको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीहरुले मातृभूमिप्रति हरेक दृष्टिकोणले माया भाव राखेको बताएका छन् । जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विदेशमा बस्ने नेपालीहरुले देशलाई अत्यधिक माया गर्छन् भन्ने स्पष्ट रहेको बताए।

उनले जनसम्पर्क समितिको महाधिवेशनको सफलताको कामना गर्दै प्रतिनिधि चयनमा सहमति र सहकार्य कायम रहन सकोस् भने ।

जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा मेरिल्यान्ड जनरल एसेम्ब्लीका डेलिगेट डा ह्यारी भण्डारी, एनआरएन अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, महासचिव मुनेन्द्र नेम्वाङ, वेद खरेल, गौतम दाहाल लगायतले कार्यक्रम सफलताको शुभकामन दिँदै आ–आफ्नो मन्तव्य राखेका थिए ।

जनसम्पर्क समितिले नयाँ कार्यसमिति चयन गर्ने, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरुको समेत निर्वाचन गर्ने कार्यतालिका रहेको अध्यक्ष विष्टले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : ३० बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल