उपल्लो डोल्पाका विद्यार्थीलाई ज्योति विकास बैंकको सहयोग | Khabarhub Khabarhub

उपल्लो डोल्पाका विद्यार्थीलाई ज्योति विकास बैंकको सहयोग


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँस्थित यान्जेर गुम्बा विद्यालयलाई दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

विद्यालयका विद्यार्थीलाई हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एचडीआई) को ‘प्रोजेक्ट ज्योति’ मार्फत् दुई लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङलाई सो रकम प्रदान गरेका थिए ।

एच डी आई ले सो रकम बाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विद्यतीय माध्यमद्वारा चार्ज हुने बत्तीहरू प्रदान गरेको छ । उक्त सहयोगपछि विद्युतीय सेवाबाट वञ्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई घरमा पनि अध्ययन गर्न थप सहजता प्रदान गर्नेछ।

‘प्रोजेक्ट ज्योति’ नाम दिइएको यस परियोजनामा एच डी आई र राष्ट्रिय आविष्कार केन्द्रको संगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरी जडान गरिने छ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ४ : १८ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन